पहिलो हाफ सकिदा मनाङविरुद्ध च्यासलको अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङविरुद्ध च्यासलले १-० को अग्रता बनाएको छ ।

खेलको २४ औं मिनेटमा ताइगा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको हो । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

लिगमा ९ खेल खेलेको मनाङ १० अंक सहित तालिकाको तेस्रो स्थानमा छ । च्यासल समान खेलबाट ९ अंक जोडेर दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?