यो हो कसैले तोड्न नसकेको किल्ला !

काठमाडौं । संसारमा बिभिन्न किसिमका ऐतिहाँसिक धरोहरुहरु छन् जो आफ्नो बनावटले प्रसिद्ध छन् । एउटा यस्तै स्थान भारतको राजस्थानस्थित भरतपुरमा पनि छ ।

जसलाई लौहगढका नामले समेत चिन्ने गरिन्छ । यो भारतको एउटा मात्र यस्तो किल्ला हो जो किल्ला आजसम्म कसैले पनि तोड्न सकेका छैनन् ।

यो किल्ला यसरी बनाईएको छ कि गोली हान्दा पनि गोलीले छेदन गर्न सक्दैन,बरु फर्किएर आउँछ ।

यो किल्लाको निर्माण आजभन्दा २ सय ८५ वर्ष पहिला सन् १७३३ मा भएको थियो । यो किल्ला जाट शासक महाराजा सुरजमलले बनाएका थिए ।

यो महल बनाउँदा गोली आनेर पनि प्रयोग गरिएको थियो । तर त्यस परिक्षणमा गोली रिटर्न भएको थियो । निर्माण कर्ताहरुले त्यो किल्ला बनाउँनको लागि बलिया पत्थरहरुको प्रयोग गरेका थिए ।

यो किल्ला दुश्मनहरु किल्ला भित्र प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले बनाईएको थियो । किल्लामा शत्रु प्रवेश नगरुन् भनेर किल्लाको चारैतिर गहिो खाल्डो खनेर त्यसमा पानीले भरिएको छ ।

ब्रिटिसहरुले किल्ला ध्वस्त गर्नको लागि पहिला १३ पटक प्रयास गरेका थिए तर सबै प्रयास असफल भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?