एमसीसी विवाद सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक आज बसेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित उक्त कार्यदलमा सदस्यहरु भीमरावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनेको थियो ।

एमसीसी अन्तरगत नेपालले विद्युत र सडकमा ५५ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर सत्तारुढ पार्टी नेकपाभित्रै विवाद छ ।

विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसदमा पेश हुन सकेको छैन । खनाल नेतृत्वको समितिले १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?