माघ, १२ रौतहट । नेपाल विद्यार्थी संघको प्रदेश नम्बर दुुई स्तरीय प्रशिक्षण सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रशिक्षणमा कांग्रेसका केन्द्रिय नेताहरुको प्रशिक्षण दिनुुभएको थियो । प्रशिक्षण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं बारा क्षेत्र नम्बर १ का सांसद उमाकान्त चौधरीले कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई अझ शसक्त बनाउन पार्टी नेतृत्वको ध्यान जानुपर्ने बताउनुुभयो । यस्तैगरी परिक्षण कार्यक्रममा संबोधन गर्नुहुदै कांग्रेस केन्द्रिय सदस्य धनराज गुुरुङले पार्टीको विचार र संगठन मात्रै ठिक भएर नहुने, पार्टीलाई सवल र सक्षम नेतृत्व पनि आवश्यक रहेको औल्याउनुु भयो । उहाले भन्नुुभयो “पार्टीको पराजयको समिक्षा र नेतृत्व अझै नसच्चिने हो भने कांग्रेसमा झनै निरासाको अवस्था शिर्जना हुुन्छ । ”‘निर्वाचन पछिको सन्दर्भ र नेपाल विद्यार्थी संघको भूमिका’ विषयमा केन्द्रित प्रशिक्षण कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गगनकुुमार थापाले भन्नु भयो “नेपाली काँग्रेसले अव यस्तो नेतृत्वको चयन गनुृ पर्छ, आउँदो पाँच वर्षपछिको चुनावमा लाइनमा बसेका सय जना मतदाता मध्ये ५१ जनाले नेपाली काँग्रेसलाई मत दिउन् । नेपाली जनताले नेतृत्व हेरेर पनि भोट दिँदा रहेछन् भन्ने कुराको उदाहरण भरखरै सम्पन्न निर्वाचनको परिणामले देखाएको छ ।” यसैक्रममा उहाँले २०४६ साल पछि लगातार पार्टीमा नेतृत्व गरि पटक÷पटक सरकारमा समेत बस्दै आउनु भएका प्रभावशाली नेताहरुलाई युग पुरुषको सज्ञा दिँदै भन्नु भयो “उहाँहरु युग पुरुष हुनुहुन्छ । अब उहाँहरुको युग समाप्त भयो । अब नयाँ युगमा नयाँले नेतृत्व गर्नु पर्छ । ती युग पुरुषहरुले अभिभावकको भूमिका निर्वाह गरी नेपाली काँग्रेस प्रति जन विश्वास बढाउने काम गर्नु पर्छ ।”नेतृत्वले कार्यकर्ताको मनोभावना र पार्टीहित भन्दापनि सिमित व्यक्तिको कुरा सुन्दा आज पार्टीले पराजय भोग्नुपरेकोले कम्तिमा महासमिति बैठक बोलाउदै निर्वाचनको समिक्षा हुनुुपर्ने पूूर्व सांसद एवं नुवाकोट कांग्रेस सभापति जगदिश्वर नरसिंह केसीले बताउनुुभयो । यसैगरी नेविसंघका महामन्त्री कुन्दनराज काफ्लले विद्यार्थी देशका भविष्य र सम्पत्ति दुबै भएकोले विद्यार्थी अधिकार र शिक्षामा समानताको लागि राज्यको क्रियासिलता अझै नपुुगेको औल्याउनुुभयो । कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य देवप्रसाद तिमल्सिना, नेविसंघका उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्रीद्वय राजेश रौनियार, प्रमेश्वर शाह केन्द्रिय शुशिल भट्ट, रत्नहरी ढुुङ्गेल, नवराज त्रिपाठी, नवराज देवकोटा , साधुु यादव र विद्यार्थी नेता निरञ्जन थापा, हरी आचार्य लगायतले धारण राख्नुुभएको थियो । स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका सभापति संगम श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा बोल्ने अधिकांश वक्ताले नेतृत्वको गैरजिम्मेवारपनको कारण नेविसंघमा गुट र उपगुट मौलाएको बताएका थिए । प्रशिक्षण कार्यक्रममा पाँचसय जनाभन्दा बढीको सहभागीता रहेको सहमहामन्त्री राजेश रौनियारले जानकारी दिनुुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया