चितुवाको आक्रमणबाट देउवा घाइते

चितुवाको आक्रमणबाट एक जना घाइते

डडेल्धुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जना घाइते भएका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायल पैतडा टाल बस्ने ७९ वर्षीय जोगी देउवा घाइते भएको प्रहरीले जनाएको छ ।

गहुँबारीमा घाम तापिरहेको अवस्थामा चितुवाले देउवालाई आक्रमण गरेको प्रहरीको भनाई छ ।

चितुवाको आक्रमणबाट उनको दाहिने गाला र दाहिने तिघ्रामा चोट लागेको छ । घाइते देउवाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?