एजे कप फागुन पहिलो साताबाट

काठमाडौं । छैटौं संस्करणको एजे कप अन्तर विद्यालय भलिबल प्रतियोगिता फागुन पहिलो साताबाट आयोजना हुने भएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति ९एजे० सेकेण्डरी स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन २ गतेबाट सुरु हुने भएको छ ।
प्रतियोगितामा छात्रा र छात्रको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले खेल्न पाउने छन् ।

नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल (फिबा) को नियमअनुसार खेलाईने प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने विद्यालयलाई नगद, शिल्ड, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट टिमलाई पनि पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?