विश्वकै सबैभन्दा ठूलो पुस्तकको पाना पल्टाउँनै ६ जना चाहिन्छ !

काठमाडौं । सिनपेन्नीकाका बासिन्दा बेला वर्गाले आफ्नो हातले नै एउटा किताब बनाएका छन् । यो घटना उत्तरी हंगेरीको हो । यो किताब विश्वकै सबैभन्दा ठूलो किताब हो ।

७१ वर्षीय बेलाले पारम्परिक बुक बाइन्डिङ प्रविधिको प्रयोग गरेर संसारकै सबैभन्दा ठूलो किताबको निर्माण गरेका छन् । यो किताब ४ दशमलव १८ मिटर लामो तथा ३ दशमलव ७७ मिटर चौडाईको छ ।

साथै यो किताबमा ३ सय ४६पानाहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाधयाहरुले बताएका छन् । यो पुस्तकको तौल भने १४ सय २० किलोग्राम रहेको छ ।

उक्त पुस्तकमा त्यो ठाउँको वातावरण,कुना कन्दरा,गुफाहरु र त्यहाँ आसपासका भूभागको बारेमा वर्णन गरिएको छ । बेलाका अनुसार उक्त किताब आकारले मात्र चर्चा नभएको बताएका छन् ।

उनले निर्माणमा प्रविधिको सहायता लिइएकोले चर्चामा आएको उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा बताएका छन् ।

यो किताबका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाइएको छ गाईको छालाको प्रयोग गरिएको छ । यो पुस्तक पल्टाउँनको लागि ६जना मानिसहरुको अवश्यक पर्दछ ।

६जनाले एक मेसिन र स्कुजको सहायतामा मात्र पाना पल्टाउँन सक्दछन् । यो किताब गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउँने तयारी भईरहेको छ ।

यो किताबको धुलो पुच्छनका लागि मानिसहरु भुटानका प्रधानमन्त्रीले उपहार दिएको चौँरीको पुच्छर प्रयोग गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?