पहिलो हाफमा जावलाखेलको अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले १-० को अग्रता बनाएको छ ।

खेलको ३२ औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?