प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र

जनकपुरधाम, १२ माघ । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र रूपमा भइरहेको छ सोका लागि शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ प्रदेश सभाको पहिलो बैठकका लागि शैक्षिक तालीम केन्द्र भवनको तल्लो सभाकक्षमा सो तयारी भइरहेको छ शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेश सभा बैठक कक्षसहितको व्यवस्थापन कार्य पनि भइरहेको छ बैठकका क्रममा प्रयोग हुने डेस्क, पोडियम निर्माण र सभाकक्षको रङरोगन भइरहेको छ । प्रत्येक डेस्कमा तीनजना बस्ने गरी ४५ वटा डेस्कको निर्माण कार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?