चिकेन बिर्यानी भन्दै कागको मासु बेच्ने पक्राउ !

काठमाडौं । तपाईहरुले बलिउड चलचित्र रनमा कौवा बिर्यानीको कुरा सुन्नुभएको होला । तर वास्तविकतामै एउटा होटलले ग्राहकहरुलाई चिकनको ठाउँ कागको मासु हालेर बेचेको छ ।

यो समाचार भारतस्थित तमिल्नाडुको रामेश्वरमा ठेला गाडिमा चिकेनको ठाउँमा कागको मासु हालेर बेच्ने गरेको अनुसन्धानका क्रममा भेटिएको हो ।

खाद्य विभागले छापा मार्दा चिकेनको ठाउँमा कागको मासु हालेर बेच्ने गरेको पाईएपछि खाद्य विभाग नै अचम्ममा परेको थियो । पुलिसले यो मामलामा दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट लगभग १ सय ५० मरेका कागहरु फेला परेको छ । यो खबर रामेश्वर दर्शनका लागि गएका भक्तालुहरुले थाहा पाएपछि प्रहरीलाई बताएका थिए ।

प्रहरीले अनुसन्धानबाट कागलाई विषयुक्त चामल खुवाएर मार्ने र त्यसलाई चिकेन जस्तै बनाएर बेच्ने गरेको पत्ता लगाएको छ ।

ति व्यक्तिले धेरै कमाउँनको लागि यस्तो गरेको प्रहरीलाई बताएका छन् । यो भन्दा अगाडि पनि भारतको मुम्बई, नोएडा र कोलकत्तामा चिक बिर्यानी भनेर कुकुर तथा बिरालोको मासु बेच्ने गरेको खबर प्रकाशित भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?