चीनबाट स्वदेश फर्किएपछि मास्क लगाएर नाचे भारतीय नागरिक

काठमाडौं । कोरोना भाईरसको संक्रमण अत्याधिक बढेपछि चीनमा रहेका आफ्ना नागरिकहरुलाई बिभिन्न देशहरुले स्वदेश फिर्ता गरेका छन् ।

यसै क्रममा भारतले पनि आफ्ना नागरिकहरुलाई चीनको वुहानबाटबाट भारत लगेको छ । शनिवार मात्र भारतले चीनको वुहानबाट त्यहाँ रहेका आफ्ना ३ सय २४ नागरिकहरुलाई स्वदश लगेको हो ।

उनीहरुलाई स्क्रिनिङ पछि आईटीबिपि र भारतीय सेनाहरुको साथमा मानेसेर पठाईएको छ । चीनबाट स्वदेश फर्किएपछि भारतका नागरिकहरुले खुसियाली मनाएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

भिडियोमा भारतीय नागरिकहरु मास्क लगाएर नाचेका छन् । यो भिडियो मानेसर क्याम्पको भएको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?