शिकार सम्झेर कोब्रा सर्पले निल्यो कोल्ड ड्रिंकको सिंगो बोतल

काठमाडौं । प्लास्टिक तथा बिभिन्न फोहोरहरुले वातावरणलाई धेरै प्रदुषित बनाईरहेको छ । तर सरकारी निकायहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन् ।

यस किसिमका फोहोरहरुले जमिन, वातावरण तथा जीवजन्तुहरुलाई असर गरिरहेको छ । यसै सम्बन्धी अहिले एउटा भिडियो भाइरल भईरहेको छ ।

भिडियोमा एक कोब्रा सर्पले नजिकै रहेको कोल्ड ड्रिंकको बोतल आफ्नो शिकार सोचेर खाएको छ । खाए लगत्तै कोबरा सर्प श्वास फेर्न नसकेर भौँतारिएको छ ।

स्थानीहरुका अनुसार जंगलमा टुरिस्टहरु घुम्न गएको बेला बोतल त्यहाँ फालिदिएको र त्यो बोतल सर्पले आफ्नो आहारा सोचेर खाएको भनाई छ ।

बोतल निल्ने बित्तिकै सर्पको पेटमा गएर अड्किएको थियो । सर्पको यस्तो हालत देखेपछि स्थानीयहरुले विभागलाई सूचना दिएका थिए ।

आईएफएस अधिकारी प्रविण कासवानले यो भिडियो शेयर गरेका थिए । सर्पले श्वास फेर्नै नसकेपछि एकछिन् त्यहिँ लडिबुडी गरेर बोतल ओकलेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?