एमाले र माओवादीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थीः गजुरेल

ओखलढुंगा, १२ माघ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपि गजुरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता टिकाउनका लागि गठबन्धन गरेको बताएका छन् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका नेता गजुरेलले वाम गठबन्धनलाई दक्षिणपन्थी भएको आरोप बताएका छन् ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् एमाले र माओवादी दुवै वामपन्थी नभएकाले उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको दाबी गरे । गजुरेलले भने, ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन सत्ता टिकाउने मोर्चा मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?