काठमाडौं । सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने भएका छन् ।
सन्दीपले आइतबार सामाजिक संजालबाट सिरिजमा आफुले लिएको एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन् ।

‘म नेपाल क्रिकेटको एक शक्ति भएको हेर्न चाहान्छु । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु, सन्दीपले ट्वीटरमा लेखेका छन्, नेपालको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला चांडै यथार्थमा परिणत हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया