गुगलले ल्यायो निःशुल्क अडियो बुक्स, ४६ देशमा ९ भाषामा उपलब्ध

एजेन्सी । अमेजनलाई टक्कर दिनका लागि गुगलले गुगल असिस्टेन्ट इन्टिग्रेसनका साथमा आफ्नो प्लेस्टोरमा अडियो बुक्स लन्च गरेको छ । जुन अब ४५ देशमा विभिन्न ९ भाषामा उपलब्ध छ गुगलको अडियो बुक्स एप्पलको आइबुक्स र अमेजनको अडिबलजस्तै हो । तर यसमा अडियोबुक्स खरीद गर्नका लागि कुनैपनि मासिक शुल्क तिर्नु पदैन प्रयोगकर्ताले गुगल असिस्टेन्टमा ‘ओके गूगल, रीड माई बुक’ भनेर आफ्नो मनपर्ने किताब सुन्न सक्नेछन् गुगल प्ले बुक्सका उत्पादन प्रबन्ध प्रमुख ग्रेग हर्टरेलले भने, ‘हामीले गुगल अडियोबुक्स जारी गरिरहेका छौँ । यो ती प्रयोगकर्ताका लागि हो जसले किताबलाई अडियोका माध्यमबाट सुन्न चाहाँन्छन् ।’अडियोबुक्सका साथ गुगल असिस्टेन्टको इन्टिग्रेसन एन्ड्रोइड, आइओएस, क्रोमकास्ट, एन्ड्रोइड वेयर, एन्ड्रोइड अटो तथा ल्यापटपमा पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?