मुटुरोगबाट बच्न के गर्ने ?

काठमाडौं, ३१ भदौ ।विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन गर्न सुझाव दिएका छन् ।विश्व मुटु दिवसको पुर्व सन्धामा नर्भिक अस्पतालले शनिबार गरेको कार्यक्रममा विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि दैनिक आहारमा विचार पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।पछिल्लो समय मुटु रोगको उपचार नेपालमै संभव रहेको भएपनि रोगको उपचार समाधान नभएको भन्दै विशेषज्ञहरुले रोग लाग्नै नदिने तर्फ सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी, डाक्टर यादव देव भट्ट, डाक्टर जय प्रकाश जैसवाल, डाक्टर ज्योतेन्द्र शर्मा , डाक्टर अवनि भुषण उपाध्याय लगायतले मुटु रोग बाट बच्चको लागि आहार विहार तथा नियमित व्यायममा विशेष ध्यान दिई जीवन शैलीलाई परिर्वतन गर्नुपर्ने सुझाव दिएका हुन् ।हृदयरोगका कारण विश्वभर वर्षेनि झण्डै १ करोड ७५ लाख मानिसहरुको ज्यान जाने गरेको अनुमान गरिन्छ ।यस रोगको रोकथाम, निवारण एवम् जनचेतनाको अभिवृद्धि गराउने उद्देश्यले विश्व मुटु महासंघ को आह््वानमा सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विश्व मुटु दिवस मनाउने गरिन्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?