सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, १४ जना घाइते (नामावलीसहित)

सुनसरी । आइतबार बिहान सुनसरीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने १४ जना घाइते भएका छन् ।

सुनसरीको रामधुनी नगरपालिका-२ कृषी फर्म छेउमा आज बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धादिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर-५ की ६८ वर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ वर्षीय गरिमा गौतम र झापा भद्रपुर-७ का ४५ वर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमान्डौ अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बम बहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होम बहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ बर्षीय तारा कुमारी राय, ३८ बर्षीय माया काफ्ले, ३५ वर्षीया साबित्रा राई र हायसका सह-चालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाइते भएका छन् । घाइतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल ईटहरी, कार्कीको धरानको घोपामा र अन्य घाइतेहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ वर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ वर्षीय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ वर्षीय राजकुमार शर्मा घाईते भएका छन् । बसमा सवार रहेका यि तिनै जना घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?