श्रीमतीको काटेको शिर बोकेर प्रहरी स्टेशन पुगे यी व्यक्ति…

काठमाडौं । पति-पत्नीकोबीचमा स-साना झगडा भई नै राख्छन् । तर भारतको बाराबंकी जिल्लामा भएको श्रीमान- श्रीमतीबीचको झगडाले सबैलाई चकित बनाउँछ ।

बाराबंकीमा पति पत्नीबीचमा झगडा हुँदा पत्नीको मृत्यु भएको छ । बाराबंकीको बहादुरपूर गाउँमा बस्ने एक जोडीको घरायसी काममा झगडा परेको थियो ।

स-सानो कुराहरु हुँदै गर्द उनीहरुबीचमा घमासान झगडा पर्न थाल्यो । त्यत्तिकैमा श्रीमानले श्रीमतीलाई नजिकै रहेको हतियारले काटिदिएका छन् ।

श्रीमतीको काटेको शिर लिएर उनी प्रहरीकोमा पुगेका थिए । प्रहरीले हातमा काटेको हिर देखेपछि उनलाई तत्कालै गिरफ्तार गरेको थियो ।

ति व्यक्ति थानामा आएर एकाएक राष्ट्रिय गान गाएँन थालेको प्रहरीको भनाई छ । अखिलेश रावत नाम गरेका ति व्यक्तिको घरमा जहिल्यै झगडा हुने गर्दथ्यो ।

तर सँधै जसो पतिपत्नीको झगडा भईरहने कारणले घरपरिवारले पनि त्यति वास्ता गर्दैन थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?