न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्विप

काठमाडौं ।  भारतले न्युजिल्याण्डविरुद्धको पाँचौं खेलको टी-ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा ७ रनको जित निकाल्दै भारतले सिरिज ५-० ले जित्दै क्लिन स्विप गरेको हो । भारतले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
न्युजिल्याण्डका लागि रोस टेलरले ५३ तथा  टिम सिफर्टले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्जि । यस्तै इश सोधीले अविजित १६ रन र कोलिन मुन्रोले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
भारतका जस्प्रित बुम्राले ३ तथा नाभ्दिप सैनी र शार्दुल ठाकुरले समान २-२ विकेट लिए । यस अघि टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । उसका कप्तान रोहित शर्माले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए ।
यस्तै लोकेस राहुलले ४५ रन बनाउँदा श्रेयस आयरले अविजित ३३ रन बनाए । न्युजिल्याण्डका स्कट कुग्लिजिन र हामीस बेन्निटले समान १र१ विकेट लिए । अब भारतले घरेलु टिमसँग तीन खेलको एकदिवसीय र दुई टेष्ट सिरिज खेल्नेछ । एजेन्सी
यो पनि पढ्नुहोस्  : भारतद्वारा न्युजिल्याण्डलाई १ सय ६४ रनको लक्ष्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?