अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने क्रममा प्रहरीमाथि कुटपिट भएको छ । छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको हो ।
पूर्व जानकारी नदिइ गोठ भत्काउन आएकाले धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउँदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको गाउँवासीले बताएका छन् । कुटपिटबाट कैलाको मेरुदण्डमा नीलडाम हुनेगरी चोट लागेको छ ।
साउँदलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी बताउँछ ।
प्रहरीले पुष ९ देखि यही माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्काइसकेको छ। छाउगोठ भत्काउने अभियानमा अवरोध ल्याउने जोसुकैलाई कानूनी दायरामा ल्याउने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया