४ वर्ष यता टायर बोकेर हिँडिरहेको छ यो गोही !

काठमाडौं । गोहीलाई देख्ने बित्तिकै हामीलाई डर लाग्छ । ४ वर्ष यता एउटा गोही आफ्नो ज्यानमा टायर बोकेर घुमिरहेको छ ।

जनावरको यस्तो हालत देखेर सरकारले एउटा प्रतियोगिताको आयोजना गरेको छ । त्यति मात्रै होइन,सरकारले टायर निकाल्नेको लागि पुरस्कार दिने घोषण पनि गरेको छ ।

यो घटना इन्डोनेशियाको हो । १३ फिट लामो गोहीको गलामा सन् २०१६ मा मोटरसाईकलको टायर पसेको थियो । केहि समय त गोही आफैले टायर निकाल्न खोज्यो तर नसकेपछि इन्डोनेशियाली सरकारले यो उपाय अपनाएको हो ।

टायर गलामा लिएर हिँडेको त्यो गोही सन् २०१६मा इन्डोनेशियाको पालु नदीमा देखिएको थियो । सेन्ट्रल सुलावेसीस्थित नेचुरल रिसोर्स कन्जरवेशन अफिसका अनुसार समय हुँदै गोहीको शरिरबाट टायर ननिकाले मृत्यु हुने बताएको छ ।

त्यसैले सरकारले प्रतियोगिताको आयोजना गरेको हो । पुरस्कार दिने घोषण गरेपनि गोही खाने डरले कोहि पनि आजसम्म प्रतियोगितामा भाग लिएका छैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?