काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई विमान एयर होस्टेसले नचिनेर ‘तपाई डाक्टर हो रु’ भन्दै प्रश्न गरेकी छन् । बिराटनगर जाने क्रममा विमानमा परिचारिकाले आफूलाई ‘डाक्टर हो ? ’ भन्दै प्रश्न गरेको उनले ट्विटरमार्फत उल्लेख गरेमा छन् ।
बिटारनगर जाने क्रममा एयर होस्टेसले नचिनेपछि अध्यक्ष डा.भट्टराईले शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएको छ । आइबार ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी एयर होस्टेस र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेको छ ।

उनले लेखेका छन , ‘बिराटनगर जाने उडानमा एयर होस्टेस सोधिन् : तपाईं डाक्टर हो? म-हैन, किन सोध्नुभो ? उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ’
अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया