अस्पताल हाताभित्रको औषधिमात्रै किन्न दवाव

विराटनगर, १२ माघ–विराटनगरको न्युरो अस्पतालले आफ्नै हस्पिटल भित्र रहेको र्फार्मेसीको मात्र औषधि खरिद गर्न उपोभोक्तालाई दवाव दिने गरेको आरोप लागेको छ अस्पतालले लाईफ सर्पोट नामक फार्मेसीबाट औषधि किन्न उपभोक्तालाई दवाव दिने उपभोक्ताको आरोप छ । उक्त फार्मेसीमा अस्पतालकै निर्देशक राजेश भट्टराईको समेत लगानी रहेको बताइएको छ अस्पतालको उक्त फामेर्सीका संचालकले सकेसम्म स्टाफ प्रयोग गरेर विरामीको आफन्तलाई भित्रै औषधि किन्न कन्र्भट गर्ने नभए अनेक बहाना बनाएर भएपनि अस्पतालको भित्रैकै फार्मेसीवाट औषधि किन्न बाध्य वनाउने गरेको एक उपभोक्ताले बताए अस्पतालभित्र रहेको उक्त फामेर्सीले खरिद बिक्रिको ऐन विपरित २० प्रतिशतभन्दा वढी नाफा समेत लिने गरेको छ । फार्मेसीले कानुन उल्लघन गर्दै ५० प्रतिशत भन्दा पनि वढी मुनाफा राखेर सर्जिकल आईटम बेच्ने गरेको समेत स्रोतको दावी रहेको छ । तर,उक्त अस्पताल भित्र रहेको औषधि खरिद गर्दा १ प्रतिशत पनि छुट दिइँदैन न्युरो हस्पिटल विराटनगर न्युरो सेवाका लागि पुर्वाञ्चलमै प्रख्यात हस्पिटल हो । यस हस्पिटलका संचालक डा. विरेन्द्र कुमार विष्ट समेत नेपालकै प्रख्यान न्युरो सर्जन मध्येमा एक पर्छन् । नासा सम्बन्धि कुनै जटिल समस्या भए प्राए पुर्वाञ्चलका सोहै्र जिल्लाका विरामीहरु यही हस्पिटलमा धाउने गर्दछन् । तर अस्पतालको डाईरेक्ट भटराईको यस्तो स्वभावले न्युरो हस्पिटलको नामनै धुल्मुल्याएको छ । अस्पताललाई चुस्त दुरुस्त संचालन गर्न भन्दा फार्मेसीवाट कसरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्नेमा डाईरेक्टर भट्टाई लागेपछि अहिले न्युरो हस्पीटल विराटनगरको साख नै गिरेको अवस्था छ उक्त हस्पिटलमा रहेको लाईफ सर्पोट फामेर्सीवाट संचालक भट्टराईले मासिक करिव एक करोडको ट्रान्जेक्सन गर्ने गरेको पाइएको छ । यसविषयमा भट्टराईसँग सम्पर्क गर्दा सम्पर्कमा आउने चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?