यी हुन् विश्वका ५ अनौठा सजाय !

काठमाडौं । विश्वका हरेक देशहरुको आ-आफ्नै नीति नियम र दण्ड सजाय छन् । त्यसको नियम प्रत्येक देशका नागरिकहरुको लागि अनिवार्य छ ।

यदि अपराध गरेको भएपनि देशको नियमानुसारको सजाय भोग्नुपर्छ । तर विश्वमा दिइने अनौठा सजायहरुले जो कोहिलाई पनि अचम्मित बनाउँन सक्छ ।

यी हुन् विश्वका ५ अनौठा सजाय

१. अमेरिकाको ओकलाहोमा बस्ने एक १७ वर्षीय टेलर एलरेडले मद्यपान गरेर सवारी साधन चलाएका थिए । त्यस कारण सवारीमा उनीसँगै रहेका एक साथीको ज्यान गएको थियो ।

यो घटना सन् २०११ म भएको थियो । तर उनलाई सजाय १० वर्षसम्म चर्चमा जानुपर्ने सजाय सुनाईएको थियो ।

२. स्पेनको एन्डालुसीयामा बस्ने २५ वर्षका एक युवकलाई बुबा आमाको पकेटमनी बन्द गरिदिएको आरोपमा अदालतमा पेस गरिएको थियो ।

तर अदालतले उनलाई सजायको रुपमा महिना दिन भित्र घर छोडेर आफ्नै खुट्टामा उभिनु पर्ने सजाय सुनाएको थियो ।

३. एन्ड्रयु वेक्टर नामका एक व्यक्तिलाई आफ्नो कारमा ठूलो आवाज लगाएर गीत सुनेको आरोपमा अदालतले १ सय २० पाउण्ड जरिवाना तिराएको थियो ।

उनले कारमा एउटा र्याप गीत सुनिरहेका थिए । तर उनी जरिवाना घटाउँन चाहेमा २० घण्टासम्म बोथोपन, बाख र शोपनको शास्त्रीय संगीत सुन्नु पर्ने र उनको ज्रिवाना रकम पनि ३० पाउण्डमा झार्ने फैसला अदालतले सुनाएको थियो ।

४. अमेरिकाको शिकागोमा बस्दै आएका दुई पुरुषले क्रिसमसमा चर्चबाट क्रइस्टको मूर्ति चोरेपछि ४५ दिनको जेल सजायका साथै गृहनगरमा गधासँगै मार्च गर्ने आदेश दिइएको थियो । यो घटना सन् २००३ मा अमेरिकामा भएको थियो ।

५. सन् २०१८ मा अमेरिकाको मिसौरिमा बस्दै आएका डेभिड बेरी नामका एक व्यक्तिले सयौँ हरिणको शिकार गरेका थिए ।

अदालतले उनलाई दोषी ठहर्याउँदै एक वर्ष जेल र जेलमा बस्दा थोरैमा पनि एक महिनासम्म डिज्नीको बाम्बी कार्टुन हेर्नुपर्ने सजाय सुनाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?