जहाँका कर्मचारी आफ्नो तलव आफैँ बढाउँछन्

काठमाडौं । कुनै पनि कम्पनीमा कर्मचारी भर्ती गर्दा मालिकले आफ्नो हिसाबले कर्मचारीको तलब तोक्ने गर्दछन् । तर लण्डनको एउटा कम्पनीमा कर्मचारीले स्वयं आफ्नो तलब तोक्छन् र आफ्नो खुसीले तलब बढाउँछन् ।

लण्डनको ग्रान्टी कम्पनीमा यो सबै कुरा स्वयं कर्मचारीले नै गर्दछन् । यो कम्पनी कारोबारी कम्पनीहरुलाई सरकारी फन्ड हाँसिल गर्न मद्दत गर्ने कम्पनी हो ।

यो कम्पनीमा काम गर्ने एक महिला कर्मचारीले आफ्नो तलब आफै बढाएपछि यो खबर भाइरल भएको हो । उनको वार्षिक तलब बढाउँनुपूर्व ४३ लाख थियो तर अहिले उनको तलब बढाएर ५२ लाख बनाएकी छन् ।

यो कम्पनीमा कर्मचारीहरुले आफ्नो तलब बढाउँन आफ्ना अन्य साथीहरुसँग छलफल गर्नुपर्दछ । सिसिलिया नाम गरेकी ति महिलाले पनि आफ्नो तलब बढाउँनको लागि साथीसँग छलफल गरेकी थिइन् ।

साथीहरुको समर्थन पछि मात्र उनले आफ्नो तलब बढाएकी थिइन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उक्त कम्पनीमा ४५ जना कर्मचारी रहेका छन् ।

उनीहरुले स्वयं नै आफ्नो तलब बढाउँने र तोक्ने गर्दछन् । उनीहरुले आफ्नो कामको मूल्यांकनको आधारमा तलब तोक्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?