आइसीसी विश्वकप लिग-२ खेल्न अमेरिकी टोली आज काठमाडौं आउँदै

काठमाडौं । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आइतबार (आज) साँझ काठमाडौं आउँदैछन् ।

दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली आज साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमनका टोली भने सोमबार नेपाल आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?