सुनसरी यात्रुबाहक बस दुर्घटना, ४ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं । सुनसरीको इनरुवास्थित सखुवागाछिमा माइक्रो बस र रात्री बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाईते भएका छन् ।

इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठाेक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (श्रीमान-श्रीमती) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अन्य घाइतेहरूकाे नाम थर खुल्न सकेकाे छैन । घाइतेहरूकाे इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानकाे वीपीमा २ जनाकाे उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?