विशाल काल्तानको ‘ढल्कियो जोबन’ सार्वजनिक

काठमाडौं, १२ माघ । यति बेला तामाङहरुको राष्ट्रिय एवं माहन पर्व ल्होछारको अवसर पारेर विभिन्न देश तथा बिदेशको कार्यक्रमहरुमा ब्यस्त रहेको चर्चित गायक तथा संगीतकार विशाल काल्तानले बिलकुलै नयाँ म्यूजिक भिडियो ‘ढल्कियो जोबन’ सार्वजनिक गरेका छन् गायक तथा संगीतकार काल्तानकै स्वर, शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ‘ढल्कियो जोबन’ बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । पासाङ तामाङले निर्देशन गरेको गीतमा चाँद सिंहले संगित संयोजन गरेका हुन् ज्ञानेन्द्र शर्माले खिचेको यस भिडियोलाई सम्पादन भने प्रविन श्रेष्ठले गरेका छन् https://youtu.be/z9G0Nf2goCw 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?