सडकदेखि सदनसम्म गंगटाले भरिएको अनौठो टापु

कठमाडौं । हामीले गंगटो पानी वा ढुङ्गाको कापमा बस्ने गरेको देखेका छौँ । तर अष्ट्रेलियामा एउटा यस्तो टापु रहेको छ जहाँ गंगटाको वर्षा भईरहेको देख्न सकिन्छ ।

सडक देखि सदनसम्म गंगटाकै राज चल्छ । यो टापुको नाम हो क्रिसमस द्वीप । यो द्वीप क्विन्सल्याण्डमा रहेको छ । त्यो ठाउँमा हरेक वर्ष करोडौँ गंगटाको हुल नजर आउँछ ।

ति गंगटाहरु सडक,जंगल,घर, रेष्टुरेण्ट,बार, बस स्टप जताततै देखा पर्दछन् । तिनीहरु प्रजननको लागि हरेक वर्ष क्रिसमस द्वीपको छेउमा रहेको जंगलबाट अर्काे हिन्द महासागरसम्मको यात्रामा निस्किन्छन् ।

गंगटाको कारणले सडक पुरै रातो हुन्छ । त्यहाँ हरेक वर्ष हजारौँ गंगटाहरु गाडीको मुनि आएर मर्ने गर्दछन् ।

तर त्यो ठाउँमा धेरै बोर्डहरुमा गाडी बिस्तारौ हाँक्नुहोस् भनेर लेखेर टाँसिएको पनि हुन्छ । र कहिलेकाँहि त गाडी चलाउँननै रोक लगाईन्छ । यो टापु ५२ वर्गमाइल क्षेत्रफलमा फैलिएको छ ।

त्यहाँको जनसंख्या २ हजार रहेको छ । साथै त्यहाँ देश तथा विदेशका मानिसहरु गंगटाको रोचक माहोल हेर्न त्यहाँ जाने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?