काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे गरेको थियो ।
बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ ।
बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बीबीसी हिन्दी रेडियो ८० वर्षे इतिहास बोकेको रेडियो सेवा हो । सर्टवेभ प्रसारण बन्द भए पनि बीबीसी डिजिटल माध्यमबाट विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने समाचार एजेन्सीले जनाएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया