श्रीमान बिना श्रीमती बनिन् गर्भवती, भन्छिन् सपनाबाटै बच्चा बस्यो

काठमाडौं । भारतको विहारस्थित भागलपूरकी एक महिलाले सपनामा श्रीमान आएर आफू गर्भवती बनेको बताएकी छिन् ।

जगदीशपूर थाना क्षेत्रकी एक महिलाले शनिवार भागलपूर जोनका डिआईजी विकास वैभवसँग भेटेर यो कुरा बताएकी हुन् ।

उनका श्रीमान गएको सात महिना यता कोलकत्तामा बस्दै आएका छन् । तर ति महिला भने यता गर्भवती बनेकी छिन् ।

ति महिलाकी नन्दले डिआईजी प्रकाश वैभवसँग भाउजुको पेटमा भएको बच्चाको डिएनए परिक्षण गर्न माग गरेकी छिन् । नन्दका अनुसार दाजुको विवाह आजभन्दा ५ वर्ष अगाडि भएको थियो ।

उनको एक २ वर्षीया छोरी पनि छिन् । सात महिना अगाडि उनका दाजु कामका लागि कोलकत्ता गएका थिए । जब उनी घर फर्किए तब आफ्नी श्रीमती ३ महिनाको गर्भवती भएको कुरा उनलाई थाहा भयो ।

गर्भवती भएको थाहा पाएपछि घरपरिवारले उनलाई घरमा राख्न समेत अस्वीकार गरेका छन् । तर महिलाकी नन्दले भाउजुको घरपरिवारले भाउजुलाई घरमा नराखे झुटो केशमा सबैलाई फसाउँने धम्की दिएको आरोप लगाएकी छिन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार घरपरिवारले महिलालाई घरमा राख्न नमानेपछि पञ्चायत बसेको थियो । पञ्चायतले जब ति महिलालाई कोखमा हुर्किरहेको बच्चा कस्को हो भनेर सोध्यो ? तब उनले उक्त बच्चा आफ्नै श्रीमानको भएको बताइन् ।

साथै पञ्चायतमा उनको तर्क थियो,“पति सपनामा आएको कारण नै म गर्भवती बन्न पुगेँ । ”

तर जाँच पछि भने मोवाईलमा अर्को एक जना केटाको नम्बर पाईएको छ । साथै त्यहि मानिसको महिलासँग शारीरिक सम्पर्क भएको र गर्भको बच्चा पनि त्यहि मानिसको हुन सक्ने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?