काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिनको रुपमा सम्झना गरिँदै छ । नेपालको प्रजातन्त्रिका आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरीन्छ ।
२०६१ सालको माघ १९ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।
शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । शाहले रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो।
२०६२/०६३ को दोस्रो जनआन्दोलनले राजसंस्थाको अन्त्य गराई मुलुकमा गणतन्त्र स्थापना गराएको थियो ।
त्यससपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया