पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

काठमाडौँ, १२ माघ । मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पु¥याउनुपर्ने बताएका हुन् प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पर्यटक प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने ऐन, कानून संशोधन गर्नुपर्ने बताए । “सुरक्षाबिना कतिपय पर्यटक जोखिमयुक्त भ्रमण गरिरहेका छन्, त्यसलाई रोक्नु पर्यटक प्रहरीको दायित्व हो”, उनले भने महानिरीक्षक अर्यालले सीमित स्रोत र साधनका बाबजुद पर्यटकको सेवा र सुरक्षाका लागि पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले पर्यटक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । “पर्यटक नेपालमा भित्रिएदेखि नफर्किंदासम्म उनीहरुको सुरक्षाको जिम्मा पर्यटक प्रहरीले लिनुपर्छ”, उनले भने पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले पर्यटकीय महत्व बोकेका अधिकांश क्षेत्रहरु दुर्गममा भएकाले पर्यटक प्रहरीले दुर्गम क्षेत्रलाई सेवा प्रदान गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महत, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रामशरण थपलियालगायतले दिगो पर्यटक विकासका लागि पर्यटकीय प्रहरीको महत्वपूर्ण योगदान रहेको भन्दै समयअनुसार पर्यटक प्रहरी सेवाको विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए विसं २०३५ माघ १२ देखि सातजना प्रहरीले घुम्ती सेवाका रुपमा शुरु गरेको पर्यटक प्रहरी सेवामा हाल २२७ प्रहरी कर्मचारी कार्यरत रहेको पर्यटक प्रहरी एकाइका प्रमुख रुपा थापाले जानकारी दिए पर्यटक प्रहरीले हाल मुलुकको काठमाडौँ, पोखरा, सोलुखुम्बु, मुस्ताङ, रसुवा, चितवन, पर्सा, म्याग्दी, रुपन्देहीलगायतका जिल्लाको २३ स्थानबाट पर्यटकलाई सेवा तथा सुरक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?