अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुवैः प्रचण्ड

कपिलवस्तु, १२ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुवै भएको बताएका छन् रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन् कम्युनिष्टहरुको बहुमत आएको छ । यो राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो बामपन्थीहरुबाट जनताले निकै ठूलठूला अपेक्षा गरेका छन् । राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर आउने छ । सक्छौ कि सक्दैनौं ? यो हाम्रा लागि चुनौति हो अब विकास र सुशासनको विकल्प छैन, हामीले सक्नैपर्दछ । ‘देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिको नयाँ युगतिर मुलुकलाई हामी जानै पर्दछ’ प्रचण्डले भने, ‘जलविद्युत र पर्यटन विकासमा हामीले जोड गर्नुपर्दछ प्रचण्डले अहिले तोकिएका प्रदेशका केन्द्र अस्थायी भएको भन्दै प्रदेशका राजधानी नभएको बताए । उनले प्रदेशको राजधानी तोक्ने अधिकार प्रादेशिक संसदलाई मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?