काठमाडौं । आफ्नै श्रीमतीको कुटाइबाट बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विकको ज्यान गएको छ । रविलाल र उनकी श्रीमती जमुनाबीच सामान्य भनाभपछि भएको हात हालाहाल हुँदा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाए अनुसार सामान्य भनाभनपछि भएको हात हालाहलमा विक ढुङ्गामा ठोक्किन पुगेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको हो । छविलालको मृत्युपछि उनकी श्रीमती जमुनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया