यी युवकलाई ११ हजार भोल्टको करेन्टले पनि केहि हुँदैन

काठमाडौं । करेन्टको सानो झट्काले पनि मान्छेको ज्यान जान सक्छ । तर एकजना युवकलाई ११ हजार भोल्टको करेन्टले पनि केहि असर गरेन ।

भारतको हरियाणस्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडा संसारका अचम्मका पात्र हुन् । उनलाई २७ सय भोल्टको करेन्टले कुनै पनि मानिसलाई मृत्युको मुखमा पुर्याउन पर्याप्त हुन्छ ।

तर दीपकलाई भने ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर पर्दैन । ११ हजार भोल्टले ५ सय घर धुरीको लागि बिजुली बत्ती बाल्न पुग्छ ।

दीपकको छातीमा करेन्ट लगाएर हजारौँपटक प्रयोग पनि गरिसकिएको छ । यसबाट पनि त्यो पुष्टि भईसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन ।

दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक ३ वर्षअगाडि भएको थियो । घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नांगो तार छुन पुगे ।

करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दंग परे । उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परेका छन्।

आफ्नो यो अनौठो क्षमता भगवानले दिएको उपहार भएको उनी बताउँछन् । अरु कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्नसक्ने भएकाले आफू संसारकै भाग्यमानी मान्छे भएको उनको भनाई छ । आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन् ।

आखिर दीपकको शरीरमा के छ त्यस्तो शक्ति ? जसका कारण उनलाई करेन्ट लाग्दैन? त्यो रहस्यकै गर्भमा लुप्त छ । उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराईसकेका छन् । तर सबै रिपोर्ट सामान्य पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?