रहिनन् नेपाली पर्वतारोहणी महिला अध्येता एलिजाबेथ हली

काठमाडौं, १२ माघ । नेपालका अग्ला हिमाल आरोहणहरुको ५० वर्षभन्दा धेरै समयदेखि अभिलेख राख्दै आएकी एकजना अध्येता एलिजाबेथ हलीको ९४ वर्षको उमरेमा काठमाडौंस्थित अस्तावमा उपचारका क्रममा निधन भएको छ काठमाडौंको कपुरधारास्थित सिविक अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको हो सन् १०६० मा पहिलोपटक नेपाल आएकी उनी त्यसयता नेपालमा नै बस्दै आएकी थिइन् उनली पत्रकारसमेत रहेकी थिइन् । उनले रोयटर्स र टाइम जस्ता प्रतिष्ठित पत्रिकाहरुमा काम गर्थिन् उनले ‘द हिमालयन एक्सपिडिसन’ नामक वेबसाइटमा पर्वतारोहणसम्बन्धी सबै अभिलेखहरू तथ्यांकसहित राखेकी छन् उनलाई सन् १९८० को दशकदेखि चिन्दै आएका पत्रकार कुन्द दीक्षितले उनीबारे भने, “कुन हिमालमा कुन समय को कहाँबाट चढ्यो र त्यतिबेलाको मौसम कस्तो थियो भन्ने सम्मको तथ्यांक उनले संकलन गरेर राखेका थिए ।’’सन् १९२३ मा जन्मिएकी हलीले मिसिगन विश्वविद्यालयमा पढेकी थिइन् न्यूयोर्कस्थित फर्च्युन पत्रिकामा अनुसन्धानकर्ताको रुपमा काम गरिरहँदा उनी आफ्नो जागिर छोडेर विश्व भ्रमणमा निस्किएका बेला काठमाडौं आएकी थिइन् त्यसपछि नै उनी हिमालबारे अनुसन्धान गर्न प्रेरित भइन् र सन् १९६३ देखि हिमाल आरोहणसम्बन्धी विवरणहरू संकलन गर्दै आएकी थिइन् उनले शुरु गरेका हिमाल पर्वतारोहणसम्बन्धी सूचना संकलनलाई केही पर्वतारोहीहरूले निरन्तरता दिन थालेको बताइएको छ उनले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीहरूलाई संकलन गरी तयार पारिएको ’द नेपाल शिन’ नामक पुस्तकको दुई भाग प्रकाशित समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?