महिलाको गर्भबाटै बच्चा गायब !

संसारमा अचम्मका घटनाहरु हुने गर्दछन् । त्यस्तै अचम्मको घटना भारतको राजस्थानमा पनि भएको छ । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो ।

गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । तर त्यहाँका डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई डराउँने कुराको खुलासा भयो ।

पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो ।

तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको दाबी गरे ।

तर गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?