आजको प्रतिनिधिसभा बैठकः आयोगका प्रतिवेदन पेस

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, !& df3 -/f;;_ M k|ltlglw;efsf] z’qmaf/sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nLsf] tkm{af6 æGofo kl/ifb / Gofo ;]jf cfof]usf] cfj )&%÷&^ sf] jflif{s k|ltj]bgÚ, ænf]s;]jf cfof]usf] cfj )&%÷&^sf] ;fl7cf}+ jflif{s k|ltj]bgÆ k|:t’t ub}{ :jf:Yo tyf hg;+Vof, sfg’g, Gofo tyf ;+;bLo dfldnf dGqL efg”eQm 9sfn . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । कामै नगरेका र पुर्णता पनि नपाएका आयोगहरुले आफ्नो बार्षिक प्रतिवेदन भने बुझाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ती आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ । सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गरेका हुन्। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पुर्णता पाएका छैनन् । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५/७६ को बार्षिक प्रतिवेदन पनि पेश भएका छन् ।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराएका थिए । त्यसैगरी सचिव योगीले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरेका थिए ।

बैठकले पुर्व सांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे शोक सन्तप्नत परिवारप्रति समवेदना प्रकट गरेको छ ।

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट पाल्पा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य नेपाली कांग्रेस पाल्पाका पुर्व पार्टी सभापति, प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका, सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने सर्वप्रिय नेतान गम्भीरजंग कार्कीको ७४ बर्षको उमेरमा मिति २०७६ साल माघ ११ गते सनिबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ । उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

प्रतिनिधिसभाको अर्को बैठक अगामी मंगलबार १ बजेका लागि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?