अमेरिकामा तेश्रो पटक पनि मेयर बन्यो कुकुर, प्रतिद्वन्दीमा आफ्नै गर्लफ्रेन्ड !

काठमाडौं । सुन्दा अचम्म लाग्ने घटनाहरु संसारमा भएका छन् । यस्ता खबरहरु हामीले सुन्दै र पढ्दै आएका छौँ । यस्तै अनौठो एउटा घटना अमेरिकामा पनि भएको छ । अमेरिकामा मानिस नभएर एक कुकुरलाई मेयर बनाईएको छ ।

विश्वकै तेश्रो धेरै जनसंख्या भएको देशमा कुकुरलाई मेयर बनाइएको खबरले सबै अचम्मा पर्नु भएको होला । पछिल्ला तीन कार्यकाल लगातार उक्त शहरमा एउटै कुकुर मेयर पदमा निर्वाचित भईरहेको छ ।

अमेरिकाको मिनिसोटास्थित कोर्मोरेन्ट शहरमा नौ वर्षे ड्युक नामक कुकुर लगातार तेश्रो पटक मेयर बनेको हो ।

निर्वाचित मेयर कुकुर अमेरिकामा सबैभन्दा धेरै जनसमर्थन पाउने नेताहरुमध्येमा पर्छ। यो कुकुरको विरुद्धमा चुनाव उठ्ने हिम्मत कसले गर्दैनन् ।

रोचक कुरा त के छ भने यो कुकुरको विरुद्धमा उसकै गर्लफ्रेण्ड लेजी भन्ने कुकुर चुनावी मैदानमा उत्रिएकी थिइन्। तर उनकी गर्लफ्रेन्ड लेजीलाई जम्मा एक भोट मात्र परेको ड्युकका मालिक डेभिड रिकले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुमा बताएका छन् ।

सन् २०१४ मा पहिलोपटक यो शहरको मेयर जितेर सपथ खाँदादेखि ड्युक ठूलो सेलिब्रेटीको रुपमा स्थापित भएको थियो। मेयरको सपथ खाँदा ड्युकले बाइबलमा पञ्जा राखेको घटना निकै चर्चित बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?