प्रेमिकाको किसले युवकको मृत्यु…!

काठमाडौं । प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर त्यहि मायालु टोकाई एक व्यक्तिका लागि मृत्युको कारण बनेको छ ।

अमेरिकाको न्यु मेक्सिकोमा यो घटना भएको हो। त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटका कारण उनका ब्वायफ्रेण्डको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज नामका युवक २४ वर्षीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनरका लागि घरमा गएका थिए।

तर अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तीब्र रुपमा दुखाईको महशुस भयो । त्यसपछि परिवारले उनलाई उपचारका लागि तत्काल अस्पताल लगे । डाक्टरहरुले उनको उपचार गरे पनि बचाउँन सफल भएनन् ।

उनकी प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको घाँटिमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेको र उनलाई मस्तिष्कघात भएको डाक्टरहरुले बताएका छन् ।

गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?