काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।
प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन’ पेश गरेका छन् ।
यस्तै उनले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५-०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया