जन्ती बोकेको बसले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । मोरङमा जन्ती बोकेको बसले स्कुटरलाई ठक्‍कर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४१ वर्षीय बुद्धिमान तामाङ रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ५ दुलारीमा को १ ख ३२०१ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई ठक्‍कर दिँदा बिहीबार साँझ दुर्घटना भएको थियो।

दुर्घटनामा परि घाइते भएका तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकाका क्रममा साँझ ७:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्ती बोकेको बस सुनसरीको रामधुनी कालाबञ्जारबाट बेहुली लिएर मोरङको केराबारीतर्फ जाँदै थियो ।

त्यस्तै दुर्घटनापछि बस र चालक सुन्दरहरैंचा १० का ४२ वर्षीय सुरेन्द्रकुमार प्रधानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?