बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं, १२ माघ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्पानियोललाई समग्रमा २–१ ले हराउँदै बार्सिलोनाले अन्तिम चारमा ठाँउ सुरक्षित गरेको हो पहिलो लिगमा १–०ले पराजित भएको बार्सिलोनाले गएरातिको दोस्रो लिगमा भने २–०को जीत निकालेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेसी र लुइस स्वारेजले १–१ गोल गरेका थिए गएरातिको खेलमा फिलिपे काउटिन्होले डेब्यु गरेका छन् । उनी लिभरपुलबाट यसै सिजन १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका थिए स्पानियोलसँगको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए । साथै खेलमा बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?