क्रिस गेलले पोखराबाट ईपीएल खेल्ने, भन्छन् ‘गेल धमाका हेर्न तयार रहनुहोस्’

काठमाडौं । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्न खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने गर्छन् । क्रिस गेलले नेपाली क्रिकेट समर्थकलाई गेल धमाकाु हेर्न तयार रहन आग्रह गरेका छन् ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजमा अनुबन्ध भएपछि गेलले नेपाली समर्थकलाई गेल धमाकाका लागि तयार रहन बताएका हुन् ।

के छ नेपाल । म क्रिस गेल युनिभर्स बोस । सन् २०२० मा म एभरेष्ट प्रिमियर लिगका लागि नेपाल भ्रमण गर्दैछु, गेलले भनेका छन्, आउनु होस् मेरो टिम पोखरालाई समर्थन गर्नुहोस । नेपाल गेल स्ट्रोमको लागि तयार छ । यो निकै ड्यासिङ हुनेछ । चाडै भेटौला नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?