महिलालाई गाली गरेको आरोप पछि सुँगा प्रहरीको नियन्त्रणमा

काठमाडौं । महिलालाई गाली गरेको आरोपमा भारतमा प्रहरीले घरमा पालेको एक सुगालाई गिरफ्तार गरेको छ ।

सुगालाई मालिकले तालिम दिएर महिलालाई गाली गर्न लगाएको आरोप लागेको हो । सुँगाले ती महिलालाई दैनिक गाली गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

८५ वर्षिया जनाबाईलाई दैनिक गाली गर्ने सुगा आफ्ना सौतेन भाई सुरेशको भएको ति महिलाले आरोप लगाएकी छिन् । उनीहरु फरक फरक घरमा बस्छन् ।

उनीहरुको कोर्टमा सम्पतीको विवादलाई लिएर मुद्धा चलिरहेको छ । प्रहरीले यी तीनै जनालाई बोलाएर सोधपुछ गर्दा सुगा प्रहरीको ड्रेस देखेर डराएर बोल्न नसकेको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

प्रहरी स्टेशनमा सुगा एक शब्द पनि नबोलेको प्रहरीले बताएको छ । सुगा नबोलेको कारण वृद्ध महिलाको मानसिक स्थितीको बारेमा जाँच गर्न लगाइएको थियो ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?