पहिलोपटक मेयर बन्यो भेडा…!

काठमाडौं । भेडालाई अमेरिकाको भेर्मन्ट फेयर हेवन टाउनमा मानद मेयरको पद दिइएको छ। पहिलो चोटि घरपालुवा जनावरलाई शहरको मेयर बनाइएको हो । ३ वर्षको न्युबियन भेडो मेयर बनेको हो ।

भेडोको नाम लिंकन रहेको छ । लिंकन एक वर्षको लागि मेयर बनेको हो। शहर बैठक दिवसको अवसरमा, भेडालाई मेयरको लागि चुनिएको थियो ।

भेडालाई १६ वटा घरपालुवा जनावरहरुबाट मेयर बनाईएको हो । प्रतिस्पर्द्धामा कुकुर र बिरालो थिए ।

लिंकनले कुकुर र बिरालोसँग प्रतिस्पद्र्धा गर्दै १३ भोट ल्याएको थियो । स्यामी नामको कुकुरले १० मत ल्याएर दोश्रो स्थान प्राप्त गरेको थियो ।

अन्य सबै उम्मेदवारहरूले कुल ३० भोट प्राप्त प्राप्त गरेका थिए। मेयरको रूपमा उनको कार्यकालमा, लिंकन सबै घटनाहरूमा संलग्न हुनेछ ।

फेयर हेभनमा लगभग २५ सय मानिस बस्ने गर्दछन् । त्यहाँ कुनै मानव मेयर छैनन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?