काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा उत्तमले गोल गरेका थिए । खेलमा फ्रेन्ड्सका उत्तम म्यान अफ दि म्याच चुनिए ।
जितसँगै लिगको नवौं स्थानमा उक्लिएको फ्रेन्ड्सले ९ खेलमा ११ अंक जोडेको छ । च्यासल ९ खेलबाट ९ अंक सहित लिगको दशौँ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया