४० हजार काठबाट बनाइयो ओलम्पिक गाउँ

काठमाडौं । काठबाट बनेको ओलम्पिक गाउँ बुधवार जापानमा अनावरण गरिएको छ। यसको लगभग ९५ प्रतिशत काम पूरा भएको छ।

ओलम्पिक गाउँ बनाउँनका लागि सबै काठ ६५ नगरपालीकाले दान गरेका थिए । अधिकारीहरूले यो ओलम्पिक खेल, खेलाडीहरु र आगन्तुकहरुको लागी एक सामाजिक केन्द्र को रूपमा बनाएको बताएका छन् । ओलम्पिक २४ जुलाई देखि ९ अगस्ट सम्म चल्नेछ।

५३ सय वर्ग मिटरको गाउँ निर्माण गर्न करीव ४० हजार काठ प्रयोग गरिएको छ। यस गाउँको निर्माण गत वर्ष मार्चमा शुरू भएको थियो ।

यो गाउँ अप्रिल सम्ममा बनिसक्ने आशा गरिएको छ। काठको गाउँ खेलहरूको दौरानमा ठूलो सहयोगी बन्ने आयोजकहरुको भनाई छ ।

खेलाडीहरुले काठको बास्ना लिन सकुन् भनेर काठको गाउँ बनाईएका आयोजकले बताएका छन् । काठ सहयोग गर्ने प्रत्येक नगरपालिकाको नाम काठमा लेखिएको छ।

योजना अनुसार खेल समाप्त भएपछि काठ फिर्ता गरिने आयोजकहरुले बताएक छन् । गाउँभरि नै असामान्य काठ संरचनाहरू निर्माण गरिएको छ, जुन वास्तवमै हेर्न लायकको छ।

यो गाउँमा हेयर सैलून, हुलाक कार्यालय, ड्राई क्लीनर जस्ता सुविधा पनि राख्ने आयोजकले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?