केनिनसँग बार्टी पराजित

काठमाडौं । विश्व नम्बर एक एस्लेइघ बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन् ।

मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी बाहिरिएकी हुन् । १४ औं वरियताकी केनिनले अष्ट्रेलियन बार्टीलाई  ७-६ (८-६) र ७-५ को सेटमा पराजित गरिन्।

यससँगै केनिन पहिलोपटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुग्न सफल भएकी छिन् । अब केनिनले उपाधिका लागि सिमोना हालेप र गार्बिन मुगुरुजाबीचको विजेतासँग खेल्ने छिन् ।

एजेन्सी

यो पनि पढ्नुहोस् : बार्टी पराजित मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?